site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लमजुङमा बढ्यो धान उत्पादन
फाइल तस्बिर । 

लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।  

केन्द्रका कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा  नौ हजार ३०१ हेक्टरमा धानखेती गरिएकामा ३१ हजार १५८ मेट्रिकटन धान उत्पादन भएको छ । 

गत आवमा सोही क्षेत्रफलमा २८ हजार ६४७ मेट्रिटन धान उत्पादन भएको थियो । गत आवको तुलनामा चालु आवमा दुई हजार ५११ मेट्रिकटन धान बढी उत्पादन भएको हो ।

केन्द्रका अनुसार आव २०७९/८० मा ३० हजार नौसय ८६ मेट्रिकटन, आव २०७८/७९ मा ३० हजार ६९८ मेट्रिकटन, आव २०७७/७८ मा ४४ हजार ४२५ मेट्रिकटन, आव २०७६/७७ मा ४४ हजार १५५ मेट्रिकटन, आव २०७५/७६ मा ४४ हजार ५४५ मेट्रिकटन आव २०७४/७५ मा ४३ हजार ८३० मेट्रिकटन धान उत्पादन भएको थियो ।

जिल्लामा साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ । रासस


 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro