site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी गर्नेछ हमासले बन्धक रिहा

काठमाडौं । अहिले हमास र इजरायलबीच युद्धविराम गराउने विषयमा कतारको दोहामा वार्ता चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यही हप्ताभित्र वार्ता निष्कर्षमा पुग्नेछ ।

यही हप्ताभित्र हुने भनिएको हमास–इजरायल युद्धविरामका क्रममा हमासले ३३ जना बन्धक रिहा गर्ने बताइएको छ । तर, हमासले एकैपटक ३३ जना बन्धक रिहा गर्न लागेको होइन ।

बीबीसीका अनुसार युद्धविरामको सम्झौता भएको पहिलो दिन हमासले तीनजना बन्धक रिहा गर्नेछ । यसको बदलामा इजरायलले गाजा क्षेत्रको बस्ती भएका स्थानबाट आफ्ना सैनिक फिर्ता बोलाउनेछ ।

यसको सात दिनपछि हमासले चारजना बन्धक रिहा गर्नेछ । यसको बदलामा इजरायलले गाजाको दक्षिणी क्षेत्रमा थुप्रिएका मान्छेलाई उत्तरी क्षेत्रतर्फ आउन दिनेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो पहिलो चरणको युद्धविराम सम्भवतः ४२ दिनको हुनेछ । यो पहिलो चरणमा इजरायलले आफ्नो जेलमा रहेका एक हजार प्यालेस्टिनी बन्धक रिहा गर्नेछ ।

यही युद्धविरामको १६औँ दिनमा दोस्रो र तेस्रो चरणको युद्धविरामका लागि वार्ता हुनेछ । इजरायलको पत्रिका टाइम्स अफ इजरायलका अनुसार पहिलो चरणमा रिहा हुने ३३ जनामा बालबालिका, महिला, महिला सैनिक र वृद्धहरू हुनेछन् ।

पहिलो चरणको युद्ध विराम भएको १६औँ दिनमा हुने वार्ताका क्रममा बाँकी रहेका बन्धकको रिहाइका लागि कुराकानी हुनेछ । यो वार्ताका क्रममा पुरुष सैनिक, युवा, र मृत्यु भएका बन्धकको शरीर हमासले फिर्ता गर्नेछ ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा हमला गरेपछि २५१ जनालाई बन्धक बनाएर आफ्नो साथमा लगेको थियो ।

२५१ जना बन्धक मध्ये १५७ जना रिहा भइसकेका छन् । सन् २०२३ को २४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म भएको युद्धविरामका क्रममा हमासले १०९ जना बन्धक रिहा गरेको थियो । आठजना बन्धनकको इजरायली सेनाले उद्धार गरेको थियो । हमासको नियन्त्रणमा रहेकामध्ये ३७ जना बन्धक मृत फेला परिसकेका छन् । त्यसैगरी इजरायली सेनाको आक्रमणमा परेर तीनजना बन्धकको मृत्यु भएको छ ।

अहिले हमासको नियन्त्रणमा ९४ जना छन् । इजरायली सरकारका अनुसार ती ९४ जनामध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जना मात्र जीवितै हमासको नियन्त्रणमा छन् । हमासले मृतकको शरीर पनि आफ्नो कब्जामा राखेको छ ।

होस्टेज एन्ड फ्यामिली फोरमका अनुुसार हमासको नियन्त्रणमा एकजना पाँच वर्षका र एकजना डेढ वर्षका बालक छन् ।

यसैबीच परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेको बताएकी छिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro