site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपीन रिहाइको पहलमा सरकार : परराष्ट्रमन्त्रीले कतारसँग कुरा गर्दै 
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कञ्चनपुरका विपीन जोशी रिहाइको पहलका लागि कतारका विदेशमन्त्रीसँग छलफल गर्ने भएकी छन् । 

उनले विपीन रिहाइको पहलका निम्ति आज कतारलाई आग्रह गर्न लागेकी हुन् । 

“हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको लागि मंगलबार कतारका विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्ने कार्यक्रम छ,” प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा सोमरबार उनले भनेकी थिइन् । 

उनले विपीन रिहा हुने आशा व्यक्त गरेकी छन् । “विपीन सकुशल हुनुहुन्छ भन्ने आशा छ,” उनले भनेकी थिइन्, “उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास छ ।”

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सयजनाको मृत्यु भएको थियो । विपीनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।

बन्धकको रिहाइ र गाजापट्टीमा युद्धविराम सम्झौताका निम्ति कतारले पहल गर्दै आएको छ । हमास र इजरायल दुवैसँग कतारको राम्रो सम्बन्ध छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ०६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro