site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान सत्ता गठबन्धन ०८४ को निर्वाचनसम्मै चल्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गरेका छन् ।

आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन नटिक्ने भन्नेकुरा हल्ला मात्रै भएको बताए । गठबन्धन नटिक्ने भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरे ।

नेकपा एमाले र नेपाली कांग्रेसले गरेको सातबुँदे सहमतिअनुसारनै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने दाबी गरे । उनले संविधान संशोधन ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय नभएको बताए । संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरूसँग छलफल र समन्वय गरेर संविधान संशोधन हुने बताए ।

उनले भने, "यो गठबन्धन टिक्दैन भन्ने हल्ला हो । यो हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन । यो गठबन्धन टिकिरहेको छ । राम्रो काम गर्नेकुरामा अघि बढेको छ । र हामी दुई पार्टी नेपाली कांग्रेस र नेकपा एमालेबीचमा बनेको सातबुँदे सहमति बमोजिम गठबन्धन रहन्छ । र सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ । संविधान संशोधन चरणवद्ध हो । ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन ।"

गृहमन्त्री लेखकले पश्चिम नेपालको भूकम्प जाजरकोट लगायतको जिल्लाहरूमा प्रभावित गरेको  र डोटी इपिसेन्टर भएको तथा अछाम, बझाङ, बाजुरा, डडेलधुरालाई प्रभावित गरेको भूकम्प र पछिल्लो समयको मनसुनजन्य विपद्बाट बाढी, पहिरोबाट भएको क्षतिको आकलन भइसकेको बताए ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  २१:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro