site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलमानले बुझाए स्पष्टीकरणको जवाफ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाएका हुन् । घिसिङले बाह्रखरीसँगको कुराकानीका आफूले आज स्पष्टीकरणको जवाफ पठाएको पुष्टि गरे ।

गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई नौबुँदे स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सात दिनभित्र जवाफ दिन भनेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आफ्नो निर्णयमा साथ नदिएपछि ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउने तयारीका साथ सातदिने स्पष्टीकरण सोधेका थिए । खड्काले आफ्ना सचिव सुरेश आचार्यमार्फत ‘तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ?’ भन्दै सात दिनभित्र स्पष्टीकरण बुझाउन पत्राचार गरेका थिए ।

स्पष्टीकरणमा कार्यसम्पादन प्रभावकारी नभएको, मन्त्रालयले माग गरेको १५ बुँदे विवरण समयमै उपलब्ध नगराएको, उपलब्ध गराएको विवरण पनि अपुरो र खोजेजस्तो नभएको जिकिर लिँदै जवाफ दिनू भनिएको थियो ।

त्यसका अतिरिक्त छबुँदे विवरणमा सत्य/तथ्य लुकाई वस्तुनिष्ठ, यथार्थपरक जवाफ नपठाई केवल औपचारिकता मात्र निर्वाह गर्ने ढंगको असन्तुलित जवाफ पठाएको अभियोग पनि घिसिङमाथि लगाइएको थियो । सँगै माइन्युटमा ‘नोट अफ डिसेन्ट’ लेखेको, कार्यसम्पादन पुनरवलोकन (रिभ्यू) नगराएको, कार्यसम्पादनमा ५० प्रतिशतकम अंक ल्याएको, असहयोगी भूमिका खेलेको प्रश्न सोधिएको थियो ।

घिसिङले कार्यसम्पादन विवरण शुक्रबार बुझाएका थिए । 

स्पष्टीकरण चित्त नबुझे मन्त्रालयमा प्रस्ताव लगेर घिसिङलाई हटाउने मन्त्री खड्काको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro