site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायत काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने बताए । उनले मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सके कानूनी शासनको बढोत्तरी तथा फौजदारी न्याय प्रशासन प्रभावकारी हुने उल्लेख गरे ।

मुद्दाको सफलताको प्रतिशत बढाउनभन्दा पनि पीडितले न्याय पाए/नपाएको वा पीडितमैत्री भए/नभएको विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ । उनले कसुरदारलाई सजाय दिने तर्फमात्र नभई पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने विषयको सुनिश्चित गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मवारी भएको बताए ।

महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस र पैरवी तथा प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको लगत संख्या १४ हजार ७१० रहेकामा तीनहजार ७०० फर्छ्योट भएको जानकारी दिए । फर्छ्योट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६.८४ प्रतिशत रहेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro