site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सल्यानमा दुई नाबालिकाको हत्या, आमाको भूमिका शंकास्पद देखिएपछि प्रहरीको नियन्त्रणमा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सल्यानमा दुई नाबालिका दिदीबहिनी मृत फेला परेका छन् । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदीबहिनी मृत फेला परेका हुन् ।

उनीहरू तीन वर्ष र ६ महिनाका नाबालिका हुन् । मृतकका बुबा रोजगारीका लागि नुवाकोट र आमा पूर्णिमा राना भने घरमा नै थिए । घटना शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी केशरकुमार न्यौपानेले जानकारी दिए ।  

मृतक बालिकाको घाँटीका डाम देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार एक्लो घर भएको र अन्य व्यक्ति घरमा आउन सक्ने अवस्था देखिँदैन ।

प्रहरीले उनीहरूकै आमाको भूमिका शंकास्पद देखिएपछि पूर्णिमालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro