site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबीच सम्झौता 

काठमाडौं । नेपाल बैंक र काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिकबीच छुट सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई उपचार गर्दा लाग्ने शुल्कमा १० देखि ३० प्रतिशतसम्म छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिकको तर्फबाट प्रबन्ध निर्देशक रवीन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।

यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता भएका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने जनरल प्याथोलोजी टेस्ट, मोलेकुलर टेस्ट, आउटस्टान्डिङ टेस्ट, यूएसजी, इको, ईसीजी, एक्स–रे, पीएफटी, इन्डोस्कोपी, क्लोनोस्कोपी, आरटी–पीसीआर टेस्टलगायत स्वास्थ्य सेवामा छुट प्राप्त गर्न सक्नेछन् ।  

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro