site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालद्वारा भूकम्पले तिब्बतमा गरेको जनधनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले चीनको स्वशासित क्षेत्र तिब्बतमा भूकम्पले गरेको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गरेको हो । “आज (मंगलबार) बिहान चीनमा गएको विनाशकारी भूकम्पको बारेमा थाहा पाउँदा हामी अत्यन्तै दुःखी भएका छौँ,” परराष्ट्र मन्त्रालयले भनेको छ ।

Dabur Nepal
NIC Asia

तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर मंगलबार बिहान ६ बजेर ५० मिनेट (नेपाली समयमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तिब्बत भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ नाघेको छ । १३० जना घाइते भएका छन् । खोज तथा उद्धार कार्य जारी रहेको छ ।

परराष्ट्र मन्त्रालयले भूकम्पका कारण भएको जनधनको क्षतिप्रति चीन सरकार र जनताप्रति समवेदना प्रकट गरेको छ । नेपाल सरकारको साथ भूकम्पका कारण प्रियजनहरू गुमाएका र प्रकोपबाट प्रभावितका साथमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro