site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राज्यव्यवस्था समितिमा ९२ उजुरी, अध्ययन गर्न उपसमिति गठन गरिने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी परेका छन् ।

सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरी खतिवडाले ९२ वटा उजुरी परेकोमा ५८ वटा उजुरी दर्ता गरिएको जानकारी दिए । उनले बाँकी ३४ वटा उजुरी अध्ययनका क्रममा रहेको जानकारी दिए । उजुरीहरूको बारेमा अध्ययन गर्न उपसमिति गठन गरेर अघि बढ्ने सभापति खतिवडाको भनाइ छ । उनले कतिपय उजुरीहरू समितिको कार्यक्षेत्रमा नपर्ने भएका कारण समितिको नियमावलीअनुसार सर्वसाधारणबाट प्राप्त उजुरीका सन्दर्भमा सुनुवाइ गर्ने बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले भने, "हालसम्म ५८ वटा उजुरी सचिवालयमा दर्ता भएका छन् । कतिपय बेनामेहरू, चिठीबाट आएका अन्य ३४ वटा गरी ९२ वटा उजुरी समितिमा पुगेका छन् । उजुरीहरूको सम्बन्धमा के गर्ने भनेर हामीले एउटा उपसमिति बनाउँछौँ । कतिपय उजुरीहरू हाम्रो कार्यक्षेत्रभित्र पर्छन् कतिपय पर्दैनन् । हाम्रो समितिको नियमावलीमा सर्वसाधारणबाट प्राप्त उजुरीहरूको सुनुवाइ गर्ने भनेर उल्लेख गरिएको रहेछ । अब हामी यी उजुरीको बारेमा अध्ययन गर्न एउटा उपसमिति गठन गर्छौँ ।"

बैठकमा अधिकांश सांसदहरूले समितिमा प्राप्त उजुरीहरूरुको अध्ययन उपसमिति गठन गर्नुपर्ने धारणा राखे । उपसमितिको प्रतिवेदनको आधारमा कार्यक्षेत्रमा पर्ने उजुरीहरूमा सुनुवाइ गर्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro