site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीबाट सोमपालको परिपक्व ब्याटिङ, पुलिसले पायो १७२ रनको लक्ष्य

काठमाडौं । मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपको दोस्रो दिन विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १७२ रनको लक्ष्य दिएको छ ।

सोमबार पर्साको वीरगन्जस्थित नारायण क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा आर्मीले ५३ ओभर ब्याटिङ गर्दा सबै विकेट गुमाएर १७५ रन बनाएको हो । यसअघि, आर्मीले पहिलो इनिङमा १२१ रन बनाएको थियो । 

दोस्रो इनिङमा आर्मीका अलराउन्डर सोमपाल कामीले सर्वाधिक ८२ रन बनाए । जारी प्रतियोगितामा पहिलो अर्धशतक बनाउने पहिलो ब्याटर बनेका सोमपालले १३ बलमा १० चौका र एक छक्का प्रहार गरे । 

क्रिजको एक एन्डबाट लगातार विकेट जाँदा सोमपालले अर्को एन्ड (ब्याटिङ) सम्हाल्दै आर्मीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएका हुन् ।

सोमपालबाहेक, तीर्थराज दासले ५१ बलमा ६ चौकासहित ३४ रन बनाए । भीम सार्कीले १८ बलमा तीन चौकासहित १५ रन जोडे । विवेक यादवले ३२ बल खेल्दा एक चौकासहित ११ रन थपे । आर्मीका अन्य ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।

दोस्रो इनिङमा पुलिसका कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए । १६ ओभर बलिङ गरेका कुशलले तीन मेडन फ्याँक्दै ५० रन खर्चिए । गुल्सन झाले १३ ओभरमा दुई मेडन फ्याँक्दै ३७ रन खर्चिदा तीन विकेट लिए । ललित राजवंशीले दुई र राशिद खानले एक विकेट हात पारे ।

यसअघि, पहिलो इनिङमा पुलिसले भने १२५ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro