site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महालक्ष्मी खोला–मातातीर्थ सडक माघ ७ सम्म बन्द
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आज (पुस २२)देखि आउँदो माघ ७ गतेसम्म बन्द हुने भएको छ ।

उक्त सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोलानजिकै भीर कटानका निम्ति बाटोमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडकखण्डमा स्तरोन्नतिका क्रममा उक्त बाटोमा यातायात सञ्चालन बन्द गर्न लागिएको उनले बताए । उक्त सडक आउँदो माघ ७ गतेसम्म बन्द रहने उनले जानकारी दिए ।

यस्तै, मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्र सवारीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

उनका अनुसार, हेटौँडाबाट काठमाडौं जाने सवारी सिस्नेरीतर्फबाट र काठमाडौंबाट हेटौँडा आउने सवारीसाधन फाखेलबाट सञ्चालन भइरहेको छ । दुवै सडकखण्डमा हाल स्तरोन्नति भइरहेको छ । रासस

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro