site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आगो ताप्दा, हिटर बाल्दा र गिजरको प्रयोग गर्दा कसरी सावधानी अपनाउने ? 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाउन आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायत उपाय अपनाउने गरिन्छ । तर, पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू समेत हुने गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता कार्य गर्दा सावधानीका विभिन्न उपायहरू अपनाउन सुझाव दिएको छ ।

हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्ने मन्त्रालयले जनाएको छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न मन्त्रालयको सुझाव छ । 

आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन मन्त्रालयको आग्रह छ । 

हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्नुपर्छ । “सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ,” मन्त्रालयले भनेको छ, “गिजरको मुख्य मेसिनलाई बाथरुमबाहिर खुला ठाउँमा जडान गरौँ ।”

गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न मन्त्रालयको सुझाव छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro