site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको प्रतिवेदन– ‘ठूला भ्रष्टाचारका फाइल खोल्न लागेको’ अभिव्यक्ति नै दुराशययुक्त
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘भ्रष्टाचारका फाइल खुल्न लागेपछि समीकरण बदलिएको’ आरोपको खण्डन गरेका छन् । आइतबार केन्द्रीय कमिट‍ी बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमार्फत ओलीले नेकपा (माअ‍ोवादी केन्द्र)  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आरोपको खण्डन गरेका हुन् ।

ओलीले लोकतन्त्रमा सरकारले भ्रष्टाचारका फाइल खोल्ने वा बन्द गर्ने नभई सम्बन्धित संस्थालाई सघाउने मात्र भएको उल्लेख गरेका छन् । 

“भ्रष्टाचार विरुद्ध सरकार फाइल खोल्ने’ भनाइ नै त्रुटिपूर्ण हो । नेपाल विधिको शासनमा चल्ने मुलुक हो । नेपालको संविधानले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको लोकतान्त्रिक अवधारणालाई पूर्णरूपमा आत्मसात गरेको छ,” ओलीले भनेका छन्, “भ्रष्टाचारको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक अङ्ग (यसले अभियोजन पनि गर्छ) र नेपाल प्रहरी, सम्पत्ति शुद्धीकरण विभाग, केन्द्रीय अनुसन्धान ब्युरो तथा सतर्कता केन्द्र जस्ता निकाय छन् । अभियोजनका लागि सरकारी अधिवक्ताका कार्यालयहरू छन् । न्याय निरुपणका लागि विशेष अदालत लगायतका न्यायिक निकायहरू छन् ।”

उनले अगाडि भनेका छन्, “सुशासन प्रवर्धन गर्ने हो । अख्तियारको दुरुपयोग या अनियमितता भएको अवस्थामा छानबिन, अनुसन्धान, अभियोजन र न्याय निरुपणमा टेवा पुयाउने हो, त्यस्ता निकायलाई साधनस्रोत सम्पन्न तुल्याउने र स्वतन्त्र ढङ्गले कार्य सम्पादन गर्न सघाउने हो । त्यसैले ‘ठूला भ्रष्टाचारका फाइल खोल्न लागेको’ भन्ने अभिव्यक्ति नै दुराशययुक्त छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro