अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । गत शुक्रबार एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ १०:५७
प्रतिक्रिया दिनुहोस्