site stats
बाह्रखरी :: Baahrakhari
साहित्य

काठमाडौं । कविता र गीतमा आफ्ना भावना पोख्दै आएका रवि प्राञ्जलले ०४२ सालपछि गजल लेख्न थाले । हिन्दी, उर्दु गजल सुन्दै पढ्दै गर्दा आफ्नो रुचि यसतर्फ बढेको रवि बताउँछन् ।

उनी गजललाई संगीतसँग जोडिएको विधा मान्छन् । किनभने, गजल लेखिनुभन्दा पनि सुनिने गरिन्छ । र, जब सुन्ने काम हुन्छ, त्यसमा संगीत र लय विधान हुनैपर्छ भन्ने उनको मान्यता छ ।

रवि भन्छन्, “जब गजलमा लय हुन्छ, त्यो लेखनी बहर वा छन्दसँग जोडिन्छ नै ।”

Argakhachi Cement Island Ad

रविका केही गजल पनि रेकर्ड भएका छन् । तर, जुन रूपमा गजलमा संगीत हालिनुपर्ने हो त्यस्तो नभएको उनलाई लाग्छ ।

रवि भन्छन्, “संगीतकारहरूमा गजल चल्दैन कि भन्ने डरले गर्दा होला, तिनले संगीततिर त्यति ध्यान दिएको देखिँदैन ।”

यिनै भावना प्रस्तुतिका साथ बाह्रखरीको यसपटकको ‘गजल गंगा’मा चर्चित गजलकार रवि प्राञ्जलसँगको कुराकानी भिडियोमा हेर्नोस्–

 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्