अर्थ व्यवसाय
काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले बैंकहरूले जनताको पैसा लगानी गरेको भन्दै फिर्ता आउन सकेन भने अफ्ठ्यारो अवस्था आउने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को पाँचौँ वार्षिक साधारणसभामा बोल्दै बैकहरूको लगानी सर्वसाधारणको भएकाले लगानी उठाउन आवश्यक रहेको बताएका हुन् ।
खराब कर्जा बढ्नुमा अराजक गतिविधि एक कारण हुन सक्ने उनले बताए । उनले देशमा बैंक तथा वित्तिय संस्थाको विकास हुन नसके मुलुकको आर्थिक विकास हुन नसक्ने उल्लेख गरे ।
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१ १९:५१
प्रतिक्रिया दिनुहोस्