site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारविरुद्ध निर्णायक आन्दोलनको तयारीमा निर्माण व्यवसायी महासंघ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारी गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले निर्णायक आन्दोलनको तयारीका लागि पुस २७ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाइएको जानकारी गराएको छ ।

भेलामा देशभरका निर्माण व्यवसायीको प्रतिनिधित्व हुने र आन्दोलनको अन्तिम खाका बनाइने महासंघले जनाएको छ । निर्माण उद्योगप्रति सरकारले उदासीनता देखाएको महासंघको भनाइ छ । अब सरकारविरुद्ध निर्णायक आन्दोलनको विकल्प नभएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

खस्किँदो अवस्थामा रहेको मुलुकको अर्थतन्त्र उकास्न सबैभन्दा महत्त्वपूर्ण क्षेत्र निर्माण भए पनि निर्माण क्षेत्रले नै अत्यन्तै जटिल समस्या भोगिरहेको उनको भनाइ छ ।

उनले निर्माण कार्य सम्पन्न गरेबापत निर्माण व्यवसायीले पाउनुपर्ने रकम तत्काल निकासा गर्न सरकारी निकायबाट प्रतिबद्धता आए पनि भुक्तानीको समस्या पूर्णरूपमा समाधान हुन नसकेको बताए ।

समयमै भुक्तानी नभएका कारण चालु आर्थिक वर्षमा थप निर्माण कार्य सहजरूपमा अघि बढ्न नसक्ने देखिएको महासंघले जनाएको छ ।

महासंघले निर्माण उद्योगका समस्या समाधानका लागि महासंघसमेतको प्रतिनिधित्व रहने गरी तत्काल उच्चस्तरीय आयोग गठन गर्न सरकारसंग माग गरेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro