site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संकटग्रस्त सहकारीको व्यवस्थापनमा कोसी सरकारको चासो

विराटनगर । कोसी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापनमा चासो दिएको छ । तिनको व्यवस्थापन गर्ने उद्देश्यले प्रदेश मन्त्रिपरिषद्ले समिति गठनको निर्णय गरेको छ ।

कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन र त्यसको काम, कर्तव्य तथा अधिकार टुंग्याउने गरी निर्णय गरिएको जानकारी दिए । उनले भने, “सहकारी व्यवस्थापनसहितका १० वटा निर्णय भएको छ ।”

यस्तै, खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको उनले बताए ।

पाथीभारा क्षेत्र विकास समिति, बृहत् बराह क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समिति गठन आदेश पहिलो संशोधन आदेश, २०८१ लाई स्वीकृत गर्ने र कृषि कर्जा ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई स्वीकृत गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro