site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इप्पानले २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी आयोजना गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पीजे क्लबसँगको सहकार्यमा बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।

आगामी माघ ४ गते मेरियट होटेल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पीजे क्लबबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

फोटो प्रदर्शनीको व्यवस्थापन गर्ने सम्बन्धमा बुधबार इप्पान अध्यक्ष गणेश कार्की र पीजे क्लबका अध्यक्ष द्वारिकाप्रसाद काफ्लेबीच सम्झौतापत्र आदान प्रदान भएको छ ।

इप्पान स्थापनाको २५ वर्ष पुगेको अवसरमा इप्पानमा आबद्ध ऊर्जा उत्पादक कम्पनीहरूले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पीजे क्लबका अध्यक्ष द्वारिका काफ्लेले बताए । जसअनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीहरूले पठाएको फोटोलाई पीजे क्लब र इप्पानका प्रतिनिधिसहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरी प्रदर्शनीमा राखिनेछ । यसमा आउने तस्बिरहरूबाट उत्कृष्ट प्रथम, द्धितीय र तृतीय हुने तस्बिरलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ राशीसहित  पुरस्कृत गरिनेछ ।

अर्कोतर्फ पीजे क्लबकै अगुवाइमा इप्पानमा आवद्ध सदस्य कम्पनीहरूले प्रवर्द्धन गरेका आयोजनाहरूको तस्बिर संकलन गरेर प्रदर्शनीमा राखिनेछ । पीजे क्लबले संकलन गरेका तस्बिरहरू प्रदर्शनीमा राखिए पनि प्रतियोगिताका लागि मान्य हुने छैनन् । ती तस्बिरहरू इप्पानको सम्पत्ति मात्रै हुनेछन् ।

सम्झौतापत्र आदान प्रदान समारोहमा इप्पानबाट अध्यक्ष कार्कीसहित कोषाध्यक्ष नरेन्द्रबल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, पीजे क्लबबाट अध्यक्ष काफ्लेसहित महासचिव अमुल थापा र प्रदर्शनी संयोजक ज्ञानेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।
फोटो प्रतियोगितामा भाग लिनको लागि यही पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरू पठाइसक्नुपर्ने छ । त्यस्तै, रजत जयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशीको छोटो भिडियो/वृत्तचित्र प्रतियोगिता समेत आयोजना गरिएकोले सहभागिताको लागि इप्पानले आग्रह गरेको छ । त्यसका लागि पनि पुस २० गतेभित्र भिडियो पठाइसक्नुपर्ने छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro