site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा एक लाख ४२ हजारभन्दा बढी होटेल तथा रेष्टुरेन्ट सञ्चालनमा

काठमाडौं । नेपालमा आवास तथा भोजन सेवा प्रदान गर्ने एक लाख ४२ हजार २२३ वटा होटेल तथा रेष्टुरेन्ट रहेको पाइएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेष्टुरेन्ट सर्वेक्षण, २०८०’ मा उक्त संख्यामा होटेल तथा रेष्टुरेन्ट नेपालमा रहेको उल्लेख गरिएको हो ।

“सर्वेक्षणको नतिजाअनुसार सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने जम्मा एक लाख ४२ हजार २२३ प्रतिष्ठानहरू सञ्चालनमा रहेका छन्,” कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सर्वेक्षणमा २०७९ साउन १ गते देखि २०८० असार मसान्तसम्म अर्थात् आर्थिक वर्ष २०७९/०८० सञ्चालनमा रहेका होटेल तथा रेष्टुरेन्टलाई समेटिएको छ । सञ्चालनमा रहेका ती होटेल तथा रेष्टुरेन्टमा तीन लाख ८७ हजार ७४७ जना व्यक्तिहरू संलग्न रहेको कार्यालयले जनाएको छ ।

“आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूमा संलग्न व्यक्तिहरूको संख्या भन्नाले प्रतिष्ठानमा सक्रिय रुपले कार्यरत व्यवसायी तथा साझेदारहरू, वेतलबी पारिवारिक सदस्यहरू र तलबी रोजगार व्यक्तिहरूलाई बुभ्नुपर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

सर्वेक्षणको नतिजाअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूमा रोजगार व्यक्तिहरूको संख्या एक लाख ६ हजार ४५९ रहेको छ । यो संख्या नियमित रूपले तलब/ज्याला लिनेगरी कार्यरत कर्मचारी तथा कामदार व्यक्तिहरूको हो ।

“सर्वेक्षणको नतिजाअनुसार सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले कार्यरत तलबी कामदारहरूका लागि तलरू/ज्याला र सुविधामा गरेको जम्मा खर्च करिब २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ रहेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

तलब/ज्याला तथा सुविधा भन्नाले सर्वेक्षण अवधिमा तलबी कामदारहरूका लागि आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले खर्च गरेको कुल रकम रहेको कार्यालयले जनाएको छ ।

“सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले करिब दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ मूल्य बराबरको रकम लागतको रूपमा खर्च गरी करिब तीन खर्ब २६ अर्ब एक करोड चार लाख रुपैयाँ मूल्य बराबरको सेवा उत्पादन गरेको देखिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

सर्वेक्षण अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले नेपालको अर्थतन्त्रमा करिब एक खर्व ९ अर्ब २७ करोड एक लाख रुपैयाँ बराबरको मूल्य अभिवृद्धि गरेको जनाइएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूमा करिब पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको सर्वेक्षणले देखाएको छ ।

“सन्दर्भ अवधिसम्म आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थाहरूसँग ऋण लिएको देखिन्छ भने ७१.६ प्रतिशत प्रतिष्ठानहरूको ऋण नभएको/नलिएको देखिएको छ,” कार्यालयले विज्ञप्तिमा भनेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro