साहित्य

काठमाडौं । घनश्याम कँडेलको पुस्तक ‘टिमुर’ सार्वजनिक भएको छ । सोमबार ठमेलमा आयोजित कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल लगायतले पुस्तक सार्वजनिक गरे ।
प्रमुख अतिथि रिजालले नेपाली खानाको पहिचान र प्रचारप्रसारमा ‘टिमुर’ले सघाउने बताए । उनले खाना हाम्रो संस्कृति, जीवनपद्धति र संस्कारसँग जोडिएको उल्लेख गरे ।
लेखक कँडेलले खानाले विश्वलाई नजिक्याउने बताउँदै आफूले नेपाल, भारत हुँदै जापान पुगेर नेपाली खानाको प्रचार गरेको बताए ।
पुस्तक भुँडीपुराणले प्रकाशित गरेको हो ।
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१ २१:१०
प्रतिक्रिया दिनुहोस्