site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको क्षेत्रमा पुगेर प्रचण्डले भने– गिरिबन्धुको बदमासी पर्दाफास गरेरै छाड्छु
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रधानमन्त्री केपी शर्माको गृहजिल्ला झापा पुगेका छन् । ओलीको निर्वाचन क्षेत्र झापा–५ को गौरीगञ्ज पुगेर उनले गिरिबन्धु टी–इस्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रले गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा आयोजना गरेको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गिरिबन्धु, ओम्नी, नक्कली भुटानी शरणार्थी प्रकरणको पर्दाफास गरेर छाड्ने बताए । 

भ्रष्टाचारीहरू धमाधम पक्राउ पर्न थालेपछि कांग्रेस–एमालेको निदहराम भएर नयाँ गठबन्धन बनेको उनको दाबी छ । ‘गिरिबन्धुको कुरा उठेपछि एमालेको हेडक्वार्टर तानिने अवस्था आयो। बेचन झा पक्राउ परेपछि सुई अर्कातिर सोझियो,’’ उनले भने, ‘अनि रातारात गठबन्धन तोडियो र अप्राकृतिक गठबन्धन बन्यो।’’

उनले प्राप्त उपलब्धि खारेज गर्ने गरी हुने संविधान संशोधन माओवादीलाई मान्य नहुने बताए । संविधान संशोधनको अधिकार माओवादीलाई मात्र रहेको भन्दै उनले प्राप्त उपलब्धि संस्थागत गर्दै नयाँ अधिकारका निम्ति मात्रैसंविधान संशोधन हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro