site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सैन्य शासन प्रयासपछिको दक्षिण कोरिया : प्रजातन्त्र जोगियो कि जोखिममा गयो ?

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक यउल ३ डिसेम्बरको राति करिब ११ बजे टेलिभिजनमा देखा परे । युनले टेलिभिजनबाट देशमा ‘मार्शल ल’ अर्थात् सैन्य शासन घोषणा गरे । 

देशमा ‘राज्य विरोधी शक्ति’ सक्रिय भएको दाबीसहित उनले सैन्य शासन लगाउनु परेको दाबी गरे ।  उनले मार्शल ल घोषणा गरेको केही बेरमै दक्षिण कोरियामा विरोध सुरू हुन थाल्यो ।

तत्कालै दक्षिण कोरियामा राजनीतिक अस्तव्यस्तता सुरू भयो । दक्षिण कोरियाका विपक्षी दलले राष्ट्रपतिको कदमलाई गैरकानुनी र असंवैधानिक भएको भन्दै विरोध सुरू गरे । राष्ट्रपतिकै दल ‘कन्जरभेटिभ पिपुल्स पावर पार्टी’का सदस्यले राष्ट्रपतिको कदम गलत भएको भन्दै विरोध गरे ।

Dabur Nepal
NIC Asia

प्रमुख प्रतिपक्षी दल ‘लिबरल डेमोक्रेटिक पार्टी’का नेता लि जाये म्युगले पनि आफ्ना सांसदलाई राष्ट्रपतिको मार्शल ल लगाउने निर्णयविरुद्ध उभिन आह्वान गरे । आफ्नो दलसँगै उनले आमजनतालाई पनि राष्ट्रपतिको विरोधमा उत्रिन आह्वान गरे । सांसदहरू रातारात संसद भवनमा भेला भए ।

पछिल्लो दिन ४ डिसेम्बरमा संसदमा ‘मार्शल ल’ लगाउने राष्ट्रपतिको निर्णयमाथि मतदान भयो । त्यसपछि राष्ट्रपतिले नै मार्शल ल लगाउने आफ्नो निर्णय फिर्ता लिए ।

तर, यतिञ्जेलसम्म दक्षिण कोरियामा राजनीतिक माहोल बिथोलिइसकेको थियो । राष्ट्रपति युन पछिल्लो समय लगातार संकटमा छन् । ३ डिसेम्बरमा युन सरकारले ल्याएको बजेटमा पनि विपक्षी दल हाबी भयो । 

त्यसबाहेक विपक्षी दलले युनकी श्रीमतीमाथि अनुसन्धान नगर्ने अडिट एजेन्सीका प्रमुखलाई हटाउनुपर्ने माग राखिरहेको थियो ।

यही वर्षको नोभेम्बरमा राष्ट्रपति युन र उनकी श्रीमतीमाथि चुनावको टिकट बाँड्ने क्रममा घोटाला गरेको आरोप लागेको थियो । यो आरोप र बजेटमाथि प्रतिपक्ष हाबी भएपछि दक्षिणपन्थी विचारका राष्ट्रपति युनले अचानक मार्शल ल लगाउने घोषणा गरेका हुन् ।

मार्शल ल विरुद्ध विपक्षी दलले संसदमा महाअभियोग दर्ता ग¥यो । ३०० सदस्य हुने कोरियाली संसद्मा महाअभियोग पारित गर्न २०० सांसद चाहिन्छ । विपक्षी दलसँग १९२ मात्र सांसद छन् ।

तर, संसदमा युनको दलले महाअभियोग प्रस्तावमाथिको मतदान बहिस्कार ग¥यो । युनको दलका सांसदहरूले मतदान बहिस्कार गरे पनि विपक्षीहरू भने महाअभियोग प्रस्तावमा अडिग रहे ।

गत १४ डिसेम्बरमा विपक्षी दलहरूले राष्ट्रपतिमाथिको महाअभियोग प्रस्तावमा जित हासिल गरे । युनको दलका केही सांसदले समेत महाअभियोगको पक्षमा मतदान गरेपछि युन तत्काल राष्ट्रपति पदबाट निलम्बित भए । उनको स्थानमा कोरियाका प्रधानमन्त्री हान डक सु कार्यबाहक राष्ट्रपति भए ।

आफूमाथि लागेको महाअभियोग प्रस्तावमा मतदान हुने दिन राष्ट्रपति युनले सांसदहरूमाथि गोली चलाउन सेनालाई निर्देशन दिएका थिए । 

उनले संसदको सुरक्षा गरिरहेका कमान्डरलाई बोलाएर संसद् भवनको ढोका फोडेर सांसद पक्राउ गरेर बाहिर ल्याउन र आवश्यक परेमा गोली समेत चलाउन आदेश दिएका थिए । तर, सेना सांसदमाथि जाई भने लागेन ।

राष्ट्रपतिमाथि महाअभियोग लागेपछि कार्यवाहक राष्ट्रपति भएका हानमाथि पनि यतिखेर महाअभियोग लागेको छ । दक्षिण कोरियाको प्रजातान्त्रिक इतिहासमा कार्यवाहक राष्ट्रपतिमाथि नै महाअभियोग लागेको यो पहिलोपटक हो ।

त्यसो भए कार्यवाहक राष्ट्रपतिमाथि किन महाअभियोग लाग्यो त ?

दक्षिण कोरियाको व्यवस्था अनुसार राष्ट्रपतिमाथिको महाअभियोग संसदसँगै संवैधानिक अदालतबाट पनि अनुमोदन हुनुपर्छ । संवैधानिक अदालतले महाअभियोग अनुमोदन गरेमा राष्ट्रपति बर्खास्त हुन्छन् नभए पदमै कायम रहन्छन् ।

दक्षिण कोरियाको संवैधानिक अदालतमा ९ जना न्यायाधीश हुने व्यवस्था छ । ९ जनामध्ये कम्तीमा पनि ६ जनाको मत जातातिर हुन्छ त्यही निर्णय मान्य हुन्छ ।  तर, यतिखेर कोरियाको संवैधानिक अदालतमा ६ जना मात्र न्यायाधीश छन् । यी ६ मध्ये एक जनाले मात्र युनमाथि लागेको महाअभियोगको विपक्षमा उभिएमा महाअभियोग प्रस्ताव खारेज हुन्छ ।

कार्यवाहक राष्ट्रपतिले संवैधानिक अदालतमा रिक्त रहेका रहेका तीन जना न्यायाधीश नियुक्त गर्नुपर्ने मुख्य जिम्मेवारी थियो । रिक्त न्यायाधीश नियुक्त भएपछि युनको महाअभियोगमाथि सुनुवाई हुने विपक्षी दलको अपेक्षा थियो ।

तर, कार्यवाहक राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नुको सट्टा नियुक्ति प्रक्रिया नै रोके । त्यसपछि विपक्षी दलले कार्यबाहक राष्ट्रपतिमाथि समेत महाअभियोग प्रस्ताव संसदमा लग्यो ।

राष्ट्रपति युनमाथि लागेको महाअभियोग प्रस्तावको प्रक्रिया पूरा गर्न अस्वीकार गरेको भन्दै विपक्षी दलले कार्यवाहक राष्ट्रपतिमाथि पनि महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । यससँगै कार्यबाहक राष्ट्रपति पनि निलम्बित भएका छन् ।

लगातार मुलुकका दुई उच्च पदस्थ व्यक्तिमाथि महाअभियोग लागेपछि कोरियामा राजनीतिक संकट गहिरिएको छ । कार्यवाहक राष्ट्रपतिमाथि महाअभियोग लागेपछि अर्थमन्त्री चोई साङ मोक कार्यबाहक राष्ट्रपति भएका छन् ।

कार्यबाहक राष्ट्रपति चोईले बाँकी तीन जना न्यायाधीश नियुक्त गर्ने र त्यसपछि महाअभियोगमाथि संवैधानिक इजलासमा सुनुवाई हुने अपेक्षा गरिएको छ ।

मार्शल कानुन लागू गर्ने युन सन् २०२२ मा सत्तामा आएका थिए । निकै थोरै मतान्तरले राष्ट्रपति विजयी भएका युनलाई विश्लेषकहरू दक्षिणपन्थी विचारधारा बोक्ने व्यक्ति ठान्छन् । युन, संकुचित विचारधाराका मान्छे र शीत युद्धकालीन राजनीतिक शैली बोक्ने मान्छेहरूले घेरिएका हुन्छन् । चर्को राष्ट्रवादी सुनिने युन विपक्षीहरूलाई कम्युनिष्ट फोर्स भन्ने गर्छ ।

उनले विपक्षीहरूलाई तह लगाउन मार्शल कानुन लागू गर्ने समयमा ‘राज्य विरोधी शक्ति’ भनेका थिए । युनले कोरियाली प्रजातन्त्रको गतिमा ‘ब्रेक’ लगाएको विश्लेषण हुन थालेको छ । दशकौं प्रजातान्त्रिक अभ्यास गरिरहेको कोरियामा युनले सेना प्रवेश गराउन खोजेको आरोप छ । 

उत्तर र दक्षिण कोरियाली युद्धको आगोमा जन्मिएको दक्षिण कोरियाली सेनाले दक्षिण कोरियाको स्वतन्त्रतापछि राजनीतिमा ठूलो भूमिका खेलेको छ । सन् १९६१ देखि ६३ सम्म दक्षिण कोरियामा सेनाले शासन चलाएको थियो । राष्ट्रपतिदेखि सबै उच्च पदस्थ व्यक्ति सेनाका हुने व्यवस्था थियो । ९० को दशकपछि मात्र दक्षिण कोरियाली सेना सेनालाई जनताको नियन्त्रणमा आएको हो ।

दक्षिण कोरियामा देखिएको राजनीतिक संकटले उचित समाधान नपाएको अवस्थामा मध्यावधि चुनाव हुनसक्ने आंकलन पनि गरिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro