site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वेस्ट ह्यामको पोस्टमा लिभरपुलको पाँच गोल

काठमाडौं । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामविरुद्ध ५–० को जित निकालेको छ । आइतबार राति वेस्ट ह्यामकै मैदान लन्डन रंगशालामा लिभरपुललाई जित दिलाउन पाँच फरक खेलाडीले गोल गरे ।

खेलको ३०औँ मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई अग्रतामा राखेका थिए । ४०औँ मिनेटमा गाक्पोको गोलमा लिभरपुलले अग्रता दोब्बर बनायो । त्यसको चार मिनेटपछि सालाहले गोल गर्दा लिभरपुलले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।

५४औँ मिनेटमा ट्रेन्ट एलेसान्डर अर्नोल्डले लिभरपुलबाट चौथो गोल गरे । खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा जोटाले पाहुना टिमको अग्रतालाई ५–० मा पुर्‍याएका थिए ।

जितसँगै १८ खेलबाट ४५ अंकसहित लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । लिभपुरलले दोस्रो स्थानको नटिङ्घम फरेस्टसँग आठ अंकको स्पष्ट अग्रता बनाएको छ । १९ खेल खेलेको फरेस्टको ३७ अंक छ । १९ खेलबाटै २३ अंकको वेस्ट ह्याम भने १३औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro