site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
एक्सन सिनेमामा चकलेटी अनुहारलाई लिए दुर्घटनाको खतरा

काठमाडौं । नेपाली चलचित्र उद्योग फेरि एकपटक एक्सन विधामा प्रवेश गर्ने भएको छ । रिलिज डेट लिइसकेका, फ्लोरमा गइसकेका र स्क्रिप्टको तयारी गरिरहेका प्रोजेक्ट हेर्दा यस वर्षको अन्त्यदेखि अर्को वर्ष नेपाली चलचित्र उद्योगमा बाक्लो संख्यामा एक्सन चलचित्रको संख्या देखिनेछ ।

यस वर्षको अन्त्यमा नयाँ वर्षलाई लक्षित गर्दै चैतको अन्तिम साता एकैदिन रिलिज हुने तीनवटा चलचित्र एक्सन विधाका छन् । ‘नरसिंहा अवतार’, ‘कर्मा’ र ‘पिताम्बर’ तीनवटै चलचित्र एक्सन प्रधान चलचित्र हुन् ।

सन्तोष सेन चलचित्र ‘बलिदान’ बनाइरहेका छन् । उनको यो चलचित्र पूर्ण एक्सनप्रधान छ । 

Dabur Nepal
NIC Asia

फागुन २९ गते ‘आउट ल : दफा २१९’ रिलिज हुँदै छ । यो पनि एक्सन सिनेमा हो । एउटै सिनका लागि ४० लाख खर्च गरेको निर्माणपक्षले जनाएको छ । टिजरमै यसको निर्माणपक्षले नायक सुशील श्रेष्ठलाई 'एक्सन स्टार'को ट्याग दिएको छ । 

निश्चल बस्नेत ग्याङस्टार–एक्सन–थ्रिलर सिनेमा ‘डेनी डेन्जरस’ निर्देशनको तयारीमा छन् । उनी पहिलोपटक एक्सन सिनेमा निर्देशनको तयारीमा जुटेका छन् । यो चलचित्र आउँदो वर्ष रिलिज हुने उनको भनाइ छ । 

‘बलिदान’मा समीर भट्ट मुख्य भूमिकामा छन् । उनी एक्सन स्टारका रूपमा चलचित्र ‘१२ गाउँ’बाट नेपाली रजतपटमा प्रवेश गरेका थिए । उनले १० प्रतिशतमात्रै एक्सन पस्किएको भन्दै निर्माणपक्षले दोस्रो चलचित्रमा पूर्ण एक्सन क्षमता देखाउने बताएको थियो । 

‘१२ गाउँ’का निर्देशकसमेत रहेका विराज भट्टले समीरको स्वास्थ्यका कारण ‘१२ गाउँ’मा १० प्रतिशतमात्रै एक्सन सिन दिन सकेको र बाँकी दोस्रो चलचित्रमा उनको 'एक्सन प्याक्ड' सिन हेर्न सकिने बताएका थिए । 

विराज भट्ट स्वयंले पनि नयाँ चलचित्रको तयारी गरिहेका छन् । उनी स्वयंले ‘१२ गाउँ’को दोस्रो शृंखला बनाउने र यसका लागि स्क्रिप्ट करिब–करिब तयारी अवस्थामा रहेको बताइसकेका छन् । ‘१२ गाउँ’ प्रदर्शनमा रहेकै बेला उनले आउँदो दसैँमा यसको अर्को शृंखलाको रिलिज गर्ने बताएका थिए । तर, दसैँमै उनको चलचित्र आउने सम्भावना न्यून हुँदै गएको छ । 

‘१२ गाउँ’ व्यापारिकरूपमा नेपाली बक्सअफिसमा सफल भएपछि अहिले कतिपय मेकरको ध्यान यसतर्फ खिचिएको छ । यसले ‘छक्का पञ्जा–५’भन्दा धेरै कलेक्सन भएको बक्सअफिस रेकर्ड सार्वजनिक गरेको थियो । यसले पनि एक्सनप्रधान सिनेमा मेकिङमा मेकरलाई लोभ्याएको हो । 

समीर भट्टलाई नै लिएर एक मेकर तत्काल एक्सन चलचित्र बनाउने तयारीमा छन् । समीरलाई आफ्नो चलचित्रमा साइन गराउने प्रयासमा लागिरहेका छन् । समीरलाई थुप्रै मेकरले एक्सन सिनेमामा अफर गरिरहेका छन् ।

निर्देशक सौरभ चौधरी केही समययता एक्सन चलचित्रमा दर्शकको चासो दिइरहेको बताउँछन् । यसअघि उनले एक्सन ड्रामा ‘अगस्त्य’ निर्देशन गरेका थिए ।

“एक्सन मलाई मनपर्ने जनरा हो । त्यसैले म एक्सन सिनेमा निर्देशन गर्दै आएको छु,” सौरभ भन्छन्, “अगस्त्य पनि एक्सन सिनेमा थियो । कर्मा पनि यही जनरामा छ । अब मेरो अर्को चलचित्र पनि सायद एक्सन नै हुनेछ,” उनी भन्छन् ।

राम्रो चलचित्र बनाएर प्रदर्शन गर्ने हो भने हरेक चलचित्रमा दर्शक रहने उनको भनाइ छ । विराज भट्ट र निखिल उप्रेती केही निष्क्रिय हुँदा बीचको समयमा एक्सन सिनेमा कम बने । यो जनरामा बीचको समय चलचित्र नै कम बने । 

“हामीले एक्सन जनरामा राम्राराम्रा चलचित्र बने भने दर्शकको संख्या पनि बढ्दै जाने हो । यो बीचमा सम्भवत: केही राम्रा एक्सन सिनेमा बने जसका कारण दर्शकको ध्यान खिच्यो भन्ने लाग्छ,” सौरभ अगाडि थप्छन्, “यतिबेला अडियन्सको आँखा पनि एक्सन सिनेमातिर छ जस्तो लाग्छ । दर्शकले रोजे र खोजेजस्तै एक्सन सिनेमा बनाउन सक्यो भने पक्कै पनि राम्रो हुनेछ ।” 

देश र ठाउँअनुसार दर्शकको 'इमोसन' फरक हुन्छ । हाँस्ने र हँसाउने विषय पनि फरक हुन्छ । त्यसैले सबै सोसल ड्रामा र कमेडी चलचित्र युनिभर्सल हुँदैनन् । तर, एक्सन युनिभर्सल विषय हो । राम्रो एक्सन चलचित्र बनाउन सक्यो भने त्यो युनिभर्सल हुने सम्भावना उच्च हुन्छ । तर, यसका लागि बजेट उच्च लाग्छ । 

यद्यपि, एक्सनलाई सधैँ कन्टेनले गाइड गर्नुपर्ने सौरभको धारणा छ । “एक्सनका लागि एक्सनमात्र भएर हुँदैन, एक्सन जहिल्यै एक्सन विथ कन्टेन हुनुपर्छ,” उनी भन्छन् । 

‘१२ गाउँ’को लोभलाग्दो व्यापारले पनि यसमा प्रभाव पारेको उनको भनाइ छ । “अघिल्ला चलचित्रहरूको व्यापार कस्तो छ, त्यसले पनि केही हदसम्म मेकरहरूलाई गाइड गरिरहेको हुन्छ,” सौरभ अगाडि थप्छन् । 

निर्देशक दिवाकर भट्टराई लगातार सोसल ड्रामा र कमेडी जनराको चलचित्र आएकाले दर्शकले विविधता खोजिरहेको उनको भनाइ छ । त्यसैले एक्सन सिनेमा ‘१२ गाउँ’ दर्शकले खुलेर हेरेको उनको भनाइ छ । ‘१२ गाउँ’ र ‘पूर्ण बहादुरको सारंगी’ दुवै चलचितत्र चल्नुलाई उनी दर्शकले फरकफरक खालको टेस्ट चलचित्रमा खोजेको रूपमा बुझ्छन् । 

ड्रामा ओरियन्टेड एक्सन सिनेमा राम्रो बनेको अवस्थामा दर्शकको रोजाइमा पर्ने दिवाकरको भनाइ छ । दर्शकलाई कन्भिन्स गर्न सक्ने एक्सन सिनेमा बने चल्न सक्ने उनी बताउँछन् । तर, यसका लागि कथा र पात्र दुवै सुहाउँदो हुनुपर्ने उनको जोड छ ।

एक्सन सिनेमा अरूभन्दा फरक भएकाले एक्सन गर्ने कलाकारको एपिरियन्स पनि त्यस्तै हुनुपर्ने दिवाकरको धारणा छ । “एक्सन सिनेमा बनाउँछु भनेर मात्रै हुँदैन । कलाकारको पनि सुहाउँदो हुनुपर्छ । एपिरियन्स पनि त्यस्तै हुनुपर्छ,” दिवाकर अगाडि थप्छन्, “जसरी १२ गाउँमा समीर भट्ट र विराज भट्टलाई सुहायो । नेपालमा मात्रै होइन बलिउड र हलिउडमा पनि एक्सन सिनेमा खेल्ने र बनाउने छुट्टाछुट्टै कलाकार र मेकर देखिन्छन् ।” 

लभस्टोरी र रोमान्टिक सिनेमामा काम गरिरहेका कलाकारलाई नै लिएर एक्सन सिनेमा बनाएर नहुने उनको तर्क छ । लभस्टोरीमा काम गरिरहेका कलाकारलाई एक्सन सिनेमामा काम गराए त्यो एपिरियन्सले पनि दर्शकलाई कन्भिन्स नगर्ने र राम्रो काम पनि ननिस्किने दिवाकारको जिकिर छ । 

“चकलेटी हिरो/हिरोइनलाई लिएर एक्सन सिनेमा बनाए अर्को दुर्घटना हुनेछ,” उनी भन्छन्, “विश्वभर नै एक्सन सिनेमाका लागि छुट्टै टम्स एन्ड कन्डिसन (सर्त) हुन्छ । मेकर र कलाकार दुवैले यति चाहिँ ख्याल गर्नुपर्छ ।” 

एक्सन सिनेमा राम्रोसँग बनाउन सके नेपाली चलचित्रको गुणस्तर माथि उठ्ने दिवाकर बताउँछन् । एक्सन चलचित्र सामान्य बजेट र सामान्य मिहिनेतले नबन्ने उनको भनाइ छ ।

“एक्सन सिनेमा नर्मल बजेटले बन्दैन । त्यसैले प्रोपर एक्सन सिनेमा बनाउन सकेको अवस्थामा नेपाली चलचित्रको मेकिङको स्तर नै माथि उकासिनेछ,” दिवाकर भन्छन्, “तर, यसका लागि कलाकारको आगमन पनि त्यही अनुसार हुनुपर्छ ।”

एक्सन चलचित्रका लागि त्यही अनुसारको तयारीसहित कलाकार नआएको उनको अनुभव छ । एक्सन सिनेमाको स्तर उकास्न पर्याप्त तयारीसहित कलाकार आउनुपर्नेको निर्देशक दिवाकारको धारणा छ । 

स्क्रिप्ट राइटर प्रदीप भारध्वज पछिल्लो समय हरेक जनराका सिनेमाका लागि उत्तिकै मेकर कथा खोज्न आउने गरेको बताउँछन् । गत वर्षहरूको तुलनामा यो वर्ष स्क्रिप्ट खोज्ने मेकरको संख्या धेरै रहेको उनको भनाइ छ । 

“अहिले स्क्रिप्ट खोज्न आउने मेकरसँग साइन गर्ने हो भने मेरो हातमा ३० वटा स्क्रिप्ट हुन्छन्,” प्रदीप भन्छन्, “तर, गत वर्ष नै साइन गरेका चलचित्रको स्क्रिप्ट लेख्नुपर्ने भएकाले धेरै चलचित्र साइन गर्न सकेको छैन ।” 

गत वर्षको भन्दा तीन गुणा बढी स्क्रिप्टका लागि अफर आउने गरेको र त्यसमा एक्सन, कमेडी, सोसल ड्रामा सबै रहेको उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro