site stats
बाह्रखरी :: Baahrakhari
कला
लन्डनको कन्सर्ट हल ओटुमा गुञ्जदै ‘कन्दरा’

काठमाडौं । सांगीतिक ब्यान्ड कन्दराले अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी ४ मा आफ्नो सांगीतिक यात्राको पहिलो प्रस्तुति बेलायतको लन्डनस्थित द ओटुबाट सुरु गर्ने भएको छ ।

कन्दराका गायक विवेक श्रेष्ठले लन्डनपछि जनवरीमै यो ब्यान्डले यूएई, कतार र हङकङमा कन्सर्ट गर्ने जानकारी दिएका छन् । 

Argakhachi Cement Island Ad

लन्डनस्थित ओटु युरोपका विभिन्न सहरबाट स्रोता आफूलाई मन परेका संगीत सर्जकलाई प्रत्यक्ष हेर्न, सुन्न आउने चर्चित थलो हो । लेड जेप्लिन, एल्टन जोन, लिंकिन पार्क, प्रिन्स, सानिया ट्वैन, म्याडोना, डेभिडोलगायत विश्वचर्चित भारतीय संगीतकार एआर रहमानले समेत प्रस्तुति दिएका छन ्। नेपाली ब्यान्डका तर्फबाट ओटुमा प्रस्तुति दिने कन्दरा पहिलो ब्यान्ड हुने कन्दराले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

नेपाली कलाकारका रूपमा यअसघि सज्जनराज वैद्यले भने ओटुमा प्रस्तुति दिइसकेका छन् । 

नयाँ वर्षमा कन्सर्टसँगै आफ्ना नयाँ गीत पनि सार्वजनिक गर्ने तयारी गरेको ब्यान्डले जनाएको छ । 

गत कात्तिक २४ गते ठमेलस्थित एलओडी क्लबमा ‘कन्दरा’ ब्यान्डले पहिला घरदेश अनि परदेश थिममा सांगीतिक प्रस्तुति गरेपछि आफ्नो सक्रियता तीव्र बनाएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्