राजनीति
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ केही दिनयता उपचाररत छन् । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनी उपचाररत रहेको पार्टीले जनाएको छ ।
पार्टीका कार्यवाहक महासचिव गौरवले शनिबार जारी गरेको विज्ञप्तिमा वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ । “...उहाँको स्वास्थ्य अवस्था स्थिर छ । पार्टीका महासचिव कमरेड किरणको हामी शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,” विज्ञप्तिमा लेखिएको छ ।
वैद्यको स्वास्थ्य समस्याबारे विज्ञप्तिमा केही उल्लेख छैन ।
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ २१:३८
प्रतिक्रिया दिनुहोस्