देश

काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ।
भोलि शनिबार काठमाडौं लगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए । भोलि काठमाडौंमा पनि पानी पर्ने प्रबल सम्भावना छ ।
आइतबार बिहान धेरै ठाउँमा बदली हुने र अपराह्नदेखि मौसम खुल्दै जाने सम्भावना रहेको पोखरेलको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ २१:३९
प्रतिक्रिया दिनुहोस्