site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सापकोटाको ‘संस्मरणमा जीवनयात्रा’ लोकार्पित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गीतकारका रूपमा केही गीत श्रोतालाई सुम्पिसकेका उद्धव सापकोटाको संस्मरणात्मक निबन्धसंग्रह ‘संस्मरणमा जीवनयात्रा’ लोकार्पित भएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायतले उक्त कृतिको लोकार्पण गरे । 
प्रमुख अतिथि क्षेत्रीले कृति लोकार्पण गर्दै अवकाशप्राप्त मानार्थ उप–सेनानी उद्धव सापकोटाले लेखेको यो पुस्तक नेपाली सेनामा प्रवेश गर्न चाहने युवा तथा भावी पिँढीका लागि यो पुस्तक प्रेरणादायी हुने बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले कृतिकार सापकोटा सेवाकालका सहयात्री भएको उल्लेख गर्दै पुस्तकमा आएका अनेक–अनेक प्रसंग सुरुचिपूर्ण भएको बताए । पूर्वप्रधानसेनापति क्षेत्रीले सेनामा अनुशासनको चर्चा गर्दै ‘सेनाले राजनीति नगर्ने, तर राजनीति बुझेको हुने’ बताए । 

साहित्यकार हरि अधिकारीले सार्वजनिक कृति सम्पादन गर्ने मौका मिलेको प्रसंग उठाउँदै यस पुस्तकले नेपाली सेनाको अनुशासनका बारेमा धेरै जानकारी दिने बताए ।

Royal Enfield Island Ad

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै डा. शेखरकुमार श्रेष्ठले कृतिभित्रका १६ शीर्षकमा सापकोटाले जीवनका महत्त्वपूर्ण पक्ष उजागर गरेको बताए ।

कृतिकारका शिक्षक लेखनाथ हुमागाईंले आफ्नो विद्यार्थीले गरेको प्रगतिले आफ्नो छाती चौडा भएको बताए । 

साहित्यकार श्रीओम श्रेष्ठ रोदनले घोस्ट राइटिङका माध्यमबाट लेखिएका कृतिको लेखक हुनुको कुनै अर्थ नहुने बताए । घोस्ट राइटिङ गर्ने प्रचलनले साहित्यलाई बिगारेको तर्क गर्दै सापकोटाले कृति आफैँले इमानदारीपूर्वक लेखेको उल्लेख गरे । 

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा कृतिकार सापकोटा, शंकर भारती र प्रदीप सापकोटाले मन्तव्य राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २१:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro