site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : जेठो छोरा पक्राउ

काठमाडौं । भक्तपुरमा खोटाङका कुलप्रसाद आचार्य र उनका छोरा प्रविणको हत्या घटनामा प्रहरीले कुलबहादुकै जेठो छोरालाई पक्राउ गरेको छ । मंगलबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुलबहादुरको जेठो छोरा मिलन आचार्यलाई पक्राउ गरेको हो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद र उनका कान्छो छोरा २२ वर्षीय प्रविण सोमबार (हिजो) मृत अवस्थामा फेला परेका थिए ।

भक्तपुरको बालकोटस्थित एक घरमा दाजुभाइ मिलन र प्रविण कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरूलाई भेट्न कुलप्रसाद केही दिनअघि मात्र खोटाङबाट आएका थिए । सोही कोठामा बाबुछोरा मृत फेला परेका थिए ।

प्रहरीको अनुसन्धानका क्रममा मिलन शनिबार राति कोठाबाट बाहिर निस्किएको सीसीटीभी फुटेजमा देखिएको थियो । प्रहरीले उनीमाथि सोधपुछ गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले हत्या स्वीकार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro