site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न

काठमाडौं । ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा सहभागीले नेपालको डिजिटल विकासका सम्भावना, विश्वव्यापी प्रविधिको नवीनतम प्रयोग र हरित प्रविधि विकासका विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा हुवावे नेपालका पब्लिक रिलेसन प्रमुख लिन हाईले नेपालको प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन हरेक पक्षमा काम गर्न तयार रहेको बताए ।

हुवावे नेपालका प्रभात रेग्मीले विश्वबजारमा फाइभजी प्रविधिको प्रभाव र यसको सम्भावनाबारे प्रस्तुति दिएका थिए ।

हुवावे हाल विश्वका १७० भन्दा बढी देशमा सेवा प्रदान गर्दै आएको छ । करिब दुई लाख सात हजारभन्दा बढी मानिसलाई रोजगारी दिन सफल भएको हुवावे नेपालका कर्पोरेट अफेयर्स म्यानेजर असित अधिकारीले जानकारी दिए ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालको संयुक्त आयोजनामा ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro