site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘आइएसएमटी एक्स्पो’ सम्पन्न

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित आईएसएमटी कलेजद्वारा आयोजित ‘आईएसएमटी एक्स्पो’ सम्पन्न भएको छ । एक्स्पोमा उक्त कलेजमा अध्ययनरत विद्यार्थीले बनाएका रोबोट, गेमिङ, लाई डिटेक्टरलगायत २० प्रोजेक्टको प्रदर्शनी गरिएको थियो ।

विद्यार्थीलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै उनीहरूको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको कलेजले जनाएको छ ।

नेताहरू शशांक कोइराला, रामकुमारी झाँक्री, उदयशमशेर राणा, रमेश खरेल, ऋषि धमलालगायत व्यक्तिले उक्त एक्स्पोको अवलोकन गरेका थिए । विभिन्न कलेजका शिक्षक, कर्मचारी, विद्यार्थीलगायत चार हजारभन्दा बढी व्यक्तिले एक्स्पोको अवलोकन गरेको कलेजले जनाएको छ ।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सुन्दरल्यान्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बीबीए, बीएचएम, बीएससी, आईटीलगायत कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro