site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेलाई अदालत लगियो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार कास्की जिल्ला अदालतमा लगिएको छ । थुनछेक बहसका निम्ति उनलाई अदालत लगिएको हो । गोलाप्रथाबाट उनको पेसी न्यायाधीश नीतिज राईको इजलासमा तोकिएको छ ।

थुनछेक बहस सकिएपछि मात्र लामिछानेलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्ने अदालतले आदेश गर्नेछ । लामिछानेमाथि अभियोजन गरिएका तीन मुद्दामा ३० करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।

गएको कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध आइतबार तीन कसुरमा मुद्दा दायर गरिएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ ।

सरकारी वकिल कार्यालयले यही पूरक अभियोगपत्रबाट कारबाही सुरु गर्न समेत माग गरेको छ । लामिछानेमाथि अन्तिमपटक थपिएको म्याद शुक्रबार रातिदेखि सकिएको थियो । त्यसपछि एकैपटक आइतबार लामिछानेविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

उनीविरुद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको पहिलो कसुरमा आरोप दायर गरिएको छ । यसमा लामिछानेसँग मात्र तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा बिगो मागदाबी गरिएको छ । सम्पत्ति शुद्धीकरणमै लामिछानेको सम्पत्ति वा साधन पनि जफत गर्न माग गरिएको छ । सम्पत्ति जफत प्रयोजनका निम्ति सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ ।

लामिछानेविरुद्ध अर्को कसुर संगठित अपराधको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro