देश
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन प्रकरणमा सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा अपचलन भएको सम्पत्ति जफत गर्ने प्रयोजनका निम्ति रविपत्नी निकिता पौडेल लामिछानेलाई पनि प्रतिवादी बनाइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सूचना अधिकारी शान्तिदेवी शर्माले सम्पत्ति जफत प्रयोजनका निम्ति निकितासहित पाँचजनालाई प्रतिवादी कायम गरिएको बाह्रखरीलाई जानकारी दिइन् ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ १४:०४
प्रतिक्रिया दिनुहोस्