site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थुनामुक्त गराइदिने भन्दै रकम असुली

काठमाडौं । अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गराइदिने भन्दै रकम लिएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रूपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद छन् । शुक्रबार (हिजो) बेलुका उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनीहरूले लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक व्यक्तिलाई थुनामुक्त गराइदिने भन्दै परिवारका सदस्यबाट रकम लिएको खुलेको छ ।

उनीहरूका साथबाट ३९ हजार ५०० भारतीय रुपैयाँ बरामद गरिएको छ । उक्त रकम उनीहरूले थुनुवाका आफन्तबाट लिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro