site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पावरप्लेमा सुदूरपश्चिमविरुद्ध जनकपुरको उत्कृष्ट सुरुआत 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पावरप्लेमा उत्कृष्ट सुरुआत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले ६ ओभरको खेल सकिँदा विकेट नगुमाई ७१ रन बनाएको छ ।

हाल क्रिजमा रहेका ओपनरद्वय आसिफ शेख र लहिरु मिलान्था क्रमशः ३४ र ३२ रनमा खेलिरहेका छन् । 

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

प्रतियोगिताको लिग चरणबाट शीर्ष दुईमा रहँदै प्लेअफ आइपुगेका टिम हुन्, जनकपुर र सुदूरपश्चिम । लिग चरणका सातमध्ये एक खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो । दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro