site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भन्सार छली गरेर भित्र्याइएका सामान बरामद
फाइल तस्बिर ।

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छलेर भित्र्याइएका लत्ताकपडासहितका मेसिनरी पार्टपुर्जा नियन्त्रणमा लिँदै आइरहेको छ । सशस्त्र प्रहरीले पछिल्ला दुई दिनमा फरक–फरक ठाउँबाट करिब ४५ लाख रुपैयाँभन्दा धेरै मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका सामान नियन्त्रणमा लिएको जनाएको छ । 

सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीको सक्रियताका कारण भन्सार छली गरेर भित्र्याइएका सामान दिनँहुजसो नियन्त्रणमा लिँदै आएको जानकारी दिए । 

Dabur Nepal
NIC Asia

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगर–१६ स्थित इनर्वा तथा सीमानाकाबाट भित्र्याइएको १३ लाख ३६ हजार नौ सय ३५ रुपैयाँ मूल्य पर्ने किनारा, कस्मेटिक्स, मोटरपार्टस्, मोबाइल एसेसोरिज र कपडालगायत सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले ना५३प ९३०६ नम्बरको करिब दुई लाख रुपैयाँ मूल्य पर्ने मोटरसाइकल समेत बुझाएको छ । 

सशस्त्र प्रहरी बल पर्सा र वीरगञ्ज भन्सार कार्यालयबाट शनिबार खटिएको टोलीले वीरगन्ज महानगर–६ स्थित लाठगलीबाट प्रवेज अक्तरको स्टोरको गोदामबाट भन्सार छली गरेर भण्डारण गरिराखेको ३० लाख ४९ हजार रुपैयाँ मूल्य पर्ने कपडा बरामद गरेर वीरगन्ज भन्सार कार्यालयलाई दाखिला गरेको छ ।

चालू आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याइएका १५ करोड १८ लाख रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी बल पर्साले चालू आवको चार महिनाको अवधिमा १२ करोड ५३ लाख ८८ हजार नौ सय ३३ रुपैयाँ मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएको लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हाडवेयर, मोटर पार्टस् खाद्यान्न पदार्थ र किराना सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

त्यस्तै, सोही अवधिमा दुई करोड ६४ लाख ३० हजार एक सय ४९ रुपैयाँ पर्ने बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro