site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तीन खेलमा जितनजिक पुगेर खेल गुमाउँदा फरक नतिजा आयो : विराटनगरका प्रशिक्षक केभिन

काठमाडौं । विराटनगर किंग्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जितनजिक पुगेर पनि खेल गुमाउनु परेकोले प्लेअफमा पुग्न असफल भएको बताएका छन् ।

काठमाडौं गुर्खाजसँग हार व्यहोर्दै एनपीएलको पहिलो सिजन यात्रा टुंगाएपछि प्रशिक्षक केभिनले कन्डिसनलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भएको बताए । उनले कठिन परिस्थितिमा सही निर्णय लिन पनि समस्या भएको उल्लेख गरे । बलिङ, ब्याटिङ र फिल्डिङमा पनि सतशप्रतिशत इफोर्ट लगाउन नसकेको उनको भनाइ छ । उनले पहिलो तीन/चार खेलमा ब्याटिङमा पनि आफ्नो टोलीले संघर्ष गर्नुपरेको उल्लेख गरे । विकेट बुझ्न विदेशी खेलाडीका लागि गाह्रो परेको उनी बताउँछन् ।

Dabur Nepal
NIC Asia

कप्तान सन्दीप लामिछानेले विकेट लिन नसक्दा पनि टोलीमाथि दबाब परेको हो भन्ने प्रश्नमा उनले एउटा बलरलाई मात्र दोष दिन नहुने र पछिल्ला खेलमा सन्दीपले पनि राम्रो गरेको उल्लेख गरे । केही खेलाडी बिरामी हुँदा समस्या परेको उनको भनाइ छ । उनले प्रतियोगिता छोटो रहेकाले फर्ममा नरहेका खेलाडीको लयमा फर्किन पनि समय लागेको बताए । सन् २०१८ मा एभरेस्ट प्रिमियर लिग खेल्न आउँदाको समयभन्दा अहिले धेरै राम्रो घरेलु खेलाडीहरू रहेको उनी बताउँछन् । उनीहरूको प्रदर्शनमा पनि धेरै विकास आएको उनको विश्वास छ ।  

काठमाडौंका कप्तान करण केसीले १२औँ ओभरभित्र खेल जित्दै प्लेअफमा पुग्न नेट रनरेटमा सुधार गर्ने लक्ष्य भए पनि सफल नभएको बताए । तर, ब्याटिङमा धराशयी हुँदा योजना सफल हुन नसकेको बताए । करणले बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसकेको बताए ।

उनले इङ्लिस ब्याटरलाई टोलीमा अनुबन्धित गर्नु खराब निर्णय नभएको पनि उल्लेख गरे । तर, पिचको कन्डिसनमा बुझ्न नसक्दा इङ्लिस ब्याटरलाई सहज नभएको उनको भनाइ छ । उनले सुरुमा कर्णाली याक्सलाई बलियो देखे पनि सुदूपश्चिमले धेरै राम्रो क्रिकेट खेलिरहेको बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro