राजनीति
काठमाडौं । निर्वासित तिब्बती संसद्का दुई सांसद नेपाल भ्रमण गरी फर्किएका छन् । सांसदहरू लोपोन थुप्तेन ग्याल्त्सेन र ल्हाग्यारी नामग्याल डोलकर सम्मिलित प्रतिनिधिमण्डल गएको नोभेम्भर ३० देखि यही डिसेम्बर १३ सम्म नेपालको भ्रमण गरी फर्किएको हो ।
नेपाल भ्रमणका क्रममा उनीहरूले बौद्ध, जोरपाटी, जावलाखेललगायत स्थानमा रहेका तिब्बती शरणार्थीसँग भेटघाट गरेका थिए । सांसदहरूले तिब्बती शरणार्थीद्वारा सञ्चालित विद्यालय र कार्यालयको निरीक्षण समेत गरेका थिए ।
सांसदहरूको नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न भएको निर्वासनमा रहेको तिब्बतीयन प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१ १४:२२
प्रतिक्रिया दिनुहोस्