site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान संशोधनका नाममा पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य हुँदैन : बाबुराम 

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी ? विषयक कार्यक्रममा उनले ठूलो आन्दोलन र मिहिनेतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको उल्लेख गरे ।

उनले संविधान सहमतिको दस्तावेज भएकाले जनताको अधिकार स्थापित गर्नका निम्ति सबैको सहमतिमा संशोधन गर्न सकिने बताए । संशोधनका नाममा मुलुकलाई पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य नहुने उनको भनाइ थियो ।

Dabur Nepal
NIC Asia

भट्टराईले मुलुकको स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

संविधान संशोधन गर्दा विभिन्न शक्तिलाई खेल्ने ठाउँ दिन नहुने उनले बताए । लडेर बनाएको जनताको संविधान बचाउनका निम्त सबै एक हुनुपर्ने उनले उल्लेख गरे । हिमालयन टेली भ्वाइस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro