site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जर्मनी भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणा उतैबाट भारत जाने
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा पुस पहिलो साता भारतको भ्रमणमा जाने भएकी छन् । हाल युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणा जर्मनीबाट सिधै भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

उनी ‘इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स’मा सहभागी हुन भारतको नयाँ दिल्ली जान लागेकी हुन् । उक्त कार्यक्रममा उनलाई ‘कि नोट स्पिकर्स’को रूपमा बोलाइएको छ । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, परराष्ट्रमन्त्री राणा पुस ४ गते नयाँ दिल्ली पुग्नेछिन् । उनी पुस ५ गते नयाँ दिल्लीमा हुने ‘इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स’मा सहभागी हुनेछिन् ।

“नयाँ दिल्लीमा भारतका विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ताका लागि समय मागेका छौँ । त्यतिबेला भारतीय विदेशमन्त्री विदेश भ्रमण नगए भेटवार्ता हुने सम्भावना छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

परराष्ट्रमन्त्री राणा पुस ५ वा ६ गते स्वदेश फर्किने छिन् । भारतीय विदेशमन्त्रीसँग भेटवार्ता नहुने भए उनी पुस ५ गते नै स्वदेश फर्किने जनाइएको छ ।

परराष्ट्रमन्त्री भएपछि यसअघि राणाले गत भदौ २ देखि ६ गतेसम्म भारतको भ्रमण गरेकी थिइन् । त्यतिबेला उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro