site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा भारी वर्षा, विद्यालय बन्द
तस्बिर : इन्डिया टुडे ।

काठमाडौं । भारतको तमिलनाडु राज्यमा भारी वर्षाका कारण मदुरै, तिरुनेलवेलीलगायत धेरै जिल्लामा शुक्रबार विद्यालय बन्द गरिएको छ । पुडुचेरीमा पनि विद्यालय बन्द रहनेछ ।

अंग्रेसी पत्रिका द हिन्दुका अनुसार, मदुरै र मायेलादुतुराईबाहेक अरू प्रभावित जिल्लाका कलेक्टरले पनि शुक्रबार विद्यालयमा बिदा दिने घोषणा गरेका छन् ।

Dabur Nepal
NIC Asia

समाचार एजेन्सी एएनआईका अनुसार, तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँमा डुबान भएको छ ।

बुधबार रातिदेखि तमिलनाडुका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ । डिसेम्बर १३ सम्म (आज) यस्ता धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभागका अनुसार, बंगालको खाडीमा बनेको न्यून चापका कारण डिसेम्बर १३ सम्म तमिलनाडुमा भारी वर्षाको सम्भावना छ ।

“यस अवधिमा, तमिलनाडु र पुडुचेरीका धेरै जिल्लाहरूमा भारी वर्षाको सम्भावना छ,” विभागले भनेको छ ।

उक्त विभागले माछा मार्नेहरूलाई समुद्रमा नजान पनि भनेको छ । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro