site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजेट, कार्यक्रम र योजना कार्यान्वयन गर्न मुख्यमन्त्री कँडेलको निर्देशन 

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका मन्त्री तथा सचिवहरूलाई बजेट, कार्यक्रम तथा योजना कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 

चालू आर्थिक वर्षको मन्त्रालयगत समीक्षापछि प्रदेशका मन्त्री र सचिवलाई निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले सुधारका नाममा काम रोक्ने प्रवृतिलाई अन्त्य गर्न निर्देशन दिएका हुन् । “समस्या देखियो भनेर कामबाट पन्छिने काम नगर्नुस्,” उनले भने, ‘‘बरु नियमसंगत रुपमा अड्केको कसरी फुकाउन सकिन्छ । त्यतातर्फ लाग्नुहोस ।”

बजेट कार्यान्वयन र सेवा प्रवाहमा सहजता ल्याउने नीतिगत काम मन्त्री र सचिवको भएको बताउँदै मुख्यमन्त्री कँडेलले एउटै फाइल दुई महिनासम्म घुमिरहने, तर काम नहुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । 

बजेटमा समेटिएका योजना र कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा विगतमा देखिएका कमी–कजोरीलाई व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले हात बाँधेर बस्ने प्रवृत्तिलाई अन्त्य र उपयुक्त विकल्प खोजेर सहजीकरण गर्ने काममा लाग्न समेत सुझाए । 

नागरिकको तहबाट उठेका विभिन्न टिप्पणीलाई कानुनसम्मत तरिकाले सम्बोेधन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले अनुशासन कायम गर्ने नाममा कार्यसम्पादनमा नै प्रश्न चिह्न खडा गर्ने तरिकालाई बदल्न समेत आग्रह गरे । चालू आर्थिक वर्षको चौमासिक समीक्षाको प्रगति सोचेअनुरूप हुन नसक्नुका कारण खोजेर समाधानतिर लाग्नुपर्ने उनको भनाइ थियो । 

प्रदेश सरकार निर्देशित सरकार नभएको बताउँदै मुख्यमन्त्री कँडेलले सार्वभौम संसदले पास गरेको बजेट कार्यान्वयनलाई नियमसंगत ढंगले काम गर्न र कसैको मुख नताक्न, धेरै जसो पैसा विगतका योजनामा होल्ड भएको बताउँदै मुख्यमन्त्री कँडेलले लगानी भइसकेका योजनालाई अलपत्र छाड्ने नभई समयमै सम्पन्न गर्नेतर्फ लाग्न पनि निर्देशन दिए । 

सरकारले वितरण गर्ने अनुदानको बारेमा आफूकहाँ व्यापक गुनासा आउने गरेका बताउँदै मुख्यमन्त्री कँडेलले अनुदानको नाममा हुने विकृति हटाउन निर्देशन पनि दिए । दुई दिनसम्म चलेको समीक्षा कार्यक्रममा सात मन्त्रालयका मन्त्री र सचिवहरूको उपस्थिति थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २१:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro