site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पावरप्लेमा जनकपुरको सुस्त सुरुआत 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पहिलो पावरप्लेमा खराब सुरुआत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले ६ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर २४ रन बनाएको छ ।

जनकपुरबाट हाल क्रिजमा रहेका कप्तान अनिल साह र हर्ष थाकेर क्रमशः तीन र एक रनमा खेलिरहेका छन् ।

जनकपुरले लहिरु मिलान्थालाई १६ र आसिफ शेखलाई दुई रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । काठमाडौंका कप्तान करण केसीले नै दुवै विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro