site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (यूएई)बाट पक्राउ परेका छन् । 

एनसिबी अवुधाबी युएईको समन्वयमा त्यहाँ पक्राउ परेका रुकुम पश्चिम आठबिसकोट नगरपालिका–५ का निराजन नेपालीलाई सम्बन्धित मुद्दामा कारबाही प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत साउन ७ गते रेड नोटिस जारी भएको थियो ।

यसैगरी प्रहरीले घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ बस्ने २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय टीकाराम तामाङ रहेका छन् ।

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले धर्मलाई लम्जुङ मर्स्याङ्दी गाउँपालिका र टीकारामलाई कास्कीको पोखराबाट पक्राउ गरेको हो ।

उनीहरूले पीडितलाई ‘फ्री भिषा फ्री टिकट’ मा कुवेतमा मासिक एक सय २० केडी कमाई हुने घरेलु काममा लगाइदिने प्रलोभनमा पारी ०८० साउन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई र त्यहाँबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याई नौ सय केडीमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro