site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भन्सार छलीको गाडी र स्रोत नखुलेको रकमसहित चिनियाँ नागरिक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजारसहित तीनजनालाई पक्राउ गरेको छ । भन्सार छलीको गाडी निर्वाध रूपमा गुडिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको कीर्तिपुर नगरपालिकाबाट एक चिनियाँ नागरिकसहित तीनजनालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ४३ वर्षीय चिरञ्जीवि पौडेल, धनुषाको लोहोना गाउँपालिकाका ३० वर्षीय रञ्जन जैसवाल र दक्षिणकाली बस्ने २४ वर्षीय चिनियाँ नागरिक सुइजुम्लुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट भन्सार छलीको बा २४ च ३२९३ नम्बरको गाडी, बी एए ७७७९ नम्बरको कार, १४ लाख ६० हजार नगद, ल्यापटप पाँच थान, मोबाइल आठ थान र स्मार्ट वाच २३ थान बरामद गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro