site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनीसँगको हारपछि चितवनका प्रशिक्षक पटवाल भन्छन्– आज हाम्रा लागि खराब दिन थियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्ससँग पराजित भएपछि चितवन राइनोजका प्रशिक्षक उमेश पटवालले आफ्नो टिमका लागि खराब दिन भएको बताएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा लुम्बिनीले चितवनविरुद्ध ३३ रनको जित निकालेको थियो । खेलमा लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १३४ रनमात्रै बनाएको थियो ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा व्यहोरेको दोस्रो हारपछि चितवनका प्रशिक्षक पटवालले टोलीका निम्ति आज कठिन दिन भएको प्रतिक्रिया दिएका हुन् । उनले लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद बिन जफरले उत्कृष्ट प्रदर्शन गर्दा आफ्नो टिमले हार व्यहोर्नुपरेको समेत बताए ।

“रोहित र सादले हामीबाट खेल लगेजस्तो लाग्छ । हामीले टिमका सबैका निम्ति योजना बनाएका थियौँ । तर, कुनै दिन यसले काम गर्छ । कुनै दिन काम गर्दैन । आज  हाम्रा लागिखराब दिन थियो,” पटवालले भने, “कुशलले आज राम्रो बलिङ गरे । पहिलोपटक कप्तानी पाएका कुशलले यो जिम्मेवारीलाई पनि राम्रोसँग निभाइरहेका छन् । आज  हाम्रा लागि कठिन दिन थियो । अब आगामी खेलका निम्ति राम्रो योजना बनाउन आवश्यक छ ।”

लुम्बिनीसँगको हारका बाबजुद चितवन तालिकाको तेस्रो स्थानमा यथावत् छ । चितवनले पाँच खेलबाट ६ अंक जोडेको छ । प्रतियोगितामा पहिलो जित निकालेको लुम्बिनी भने पाँच खेलबाट दुई अंकसहित तालिकाको पुछारमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro