site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६ दिनदेखि बेपत्ता पुरुषको शव फेला 

काठमाडौं । ताप्लेजुङको काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोरले घटनास्थलभन्दा करिब ५० मिटर परबाट मृतक राजेन्द्र बुढाथोकीको शव ७० फिटको गहिराइबाट निकालेको हो ।

ताप्लेजुङ जिल्लाको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङका ४५ वर्षीय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा आज (मंगलबार) गोताखोरले फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षा फौज मंसिर १९ गते नै उनको खोजीकार्यमा निरन्तर खटिएको सशस्त्र प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro