site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
शंकास्पद कारोबार र अनधिकृत गोदामहरूको विशेष निगरानी गर्दै राजस्व विभाग

काठमाडौं । आन्तरिक राजस्व विभागले नक्कली तथा झुटो कारोबार गर्ने करदातालाई नियन्त्रण गर्न जोड दिने भएको छ । भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच भएको छलफलमा राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विषयमा छलफल भएको हो ।

तीन विभागबीच राजस्व चुहावटका जोखिमका क्षेत्र, वस्तु, नाका र समूहहरू पहिचान गर्ने, सूचना संकलन गर्ने, विश्लेषण गर्ने तथा सोको कार्यान्वयनका लागि एक–आपसमा सूचना आदान प्रदान गर्ने विषयमा छलफल भएको छ ।

राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणाली, भंसार विभागको आसिकुडा वर्ल्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचनालाई एक आपसमा अन्तर आवद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान, भंसार जाँचपासपछिको परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग भएको छ ।

तीनवटै विभागबाट सूचनाका आधारमा प्रदर्शनीय प्रभाव पर्ने गरी संयुक्त गस्ती परिचालन गर्ने र कर छली गर्ने करदातालाई कारबाहीको दायरामा ल्याउने सहमति भएको छ । शंकास्पद कारोबार र अनधिकृत गोदामहरूको विशेष निगरानी गर्ने जनाइएको छ ।

कर छली गर्ने मनसायले व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गर्ने प्रवृतिलाई रोक्न अन्तर निकाय सूचना आदानप्रदान गर्ने र शंकास्पद कारोबारको निगरानी तथा अनुगमन गरी कारबाहीको दायरामा विभागले ल्याउने भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro